काठमाडौं– आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से २२ दशमलव ४ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से २२ अंकभन्दा धेरैले बढेर बन्द भएको छ । नेप्से १४ सय ६५ दशमलव १० बिन्दुमा पुगेर बन्द भएको हो ।
आइतबार क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५९ अंकले बढेको छ । आइतबार दिनभर एक अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरका ४५ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् ।
होटल, जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३३८ दशमलव ८ अंक र निर्जीवन बीमा समूहको २५९ दशमलव ६४ अंकले बढेको छ ।
आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १९ करोड ९४ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
आइतबार मिर्मिरे माइक्रो फाइनान्स विकास बैंक लिमिटेड र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । बेस्ट फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ६ प्रतिशत गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।