लेखराज भट्टले धोका दिए : प्रचण्ड

काठमाडौ.– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री लेखराज भट्टले धोका दिएको बताएका छन् । मन्त्री भट्ट तत्कालीन​ माओवादी केन्द्रबाट वर्तमान सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री छन् । 

आइतबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले आफूले विश्वास गरेर भट्टलाई मन्त्री बनाएको, तर उनीबाट धोका भएको गुनासो गरेका हुन् । 

भट्टले ४० वर्षदेखिको सम्बन्ध बिर्सिएर आफूबाट टाढिएको प्रचण्डको गुनासो थियो । उनले आफूले भट्टलाई मन्त्रीको जिम्मेवारी सुम्पिएर पठाएको तर उनले तत्कालै बिर्सिएको भन्दै विश्‍वासिलो मान्छेबाट धोका पाएको बताए । 

मन्त्री भट्टले चित्त नबुझेको कुरा आफूसँग आएर भन्नुपर्नेमा पटक–पटक छलफलमा बोलाए पनि नआएर टाढिएको उनको गुनासो थियो । 

आफूले मन्त्री बनाएको व्यक्तिले खुलमखुला प्रधानमन्त्री ओलीको समर्थन गरेको भन्दै प्रचण्डले भने, ‘उहाँमा वैचारिक विचलन देखियो । 





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार १९:१७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया