डिन कार्यालयमा पनि नेविसंघको ताला

काठमाडौं–  यसअघि त्रिविको उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा पनि ताला लगाएको छ ।

नेविसंघले आफूहरुले राखेका २० सूत्रीय माग पूरा गर्न त्रिवि पदाधिकारी उदासीन देखिएको भन्दैै डिन कार्यालयमा पनि ताला लगाएको हो । नेविसंघका मागप्रति त्रिवि पदाधिकारी उदासीन बनेपछि डिन कार्यालयमा आइतबार ताला लगाइएको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले दिएको जानकारी दिए ।

त्रिविलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको भर्ती केन्द्र बनाइएको नेविसंघको आरोप छ। 





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार १९:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया