सकियाे इंग्लिस प्रिमियर लिग, म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि च्याम्पियन्स लिग खेल्ने

आइतबार राति लिगका विभिन्न खेलहरु भएसँगै यो सिजनको इंग्लिस प्रिमियर लिग सकिएको छ । योसँगै अब इपिएलबाट कुन कुन टिम च्याम्पियन्स लिगमा खेल्ने भन्ने पनि टुङ्गो लागेको छ । 

यी अन्तिम खेलहरु हुनुभन्दा पहिले नै अंकतालिकामा सबैभन्दा धेरै अंक बटुलेर यसअघि नै ३० वर्षपछि लिभरपुलले लिग टाइटल उचालेको थियो । 

आइतबार राति भएका खेलमा चाहिँ लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । योसँगै लिभरपुलले अंक तालिकामा ९९ अंक बटुलेको छ । यो धेरै वर्षपछि एउटै टिमले सर्वाधिक अंक बटुलेको सिजन भएको छ । 

त्यस्तै, आज भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । अनि ३८ खेलबाट सिटीले ८१ अंक बटुलेको छ । लिगको दोस्रो स्थानमा रहेको सिटी पनि अब च्याम्पियन्स लिग खेल्ने भएको छ । 

त्यस्तै, चेल्सी र म्यानचेस्टर युनाइटेडले पनि आफ्ना अन्तिम खेल जितेका छन् । योसँगै यी दुई टिम पनि अब च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । आज भएको खेलमा चेल्सीले वुल्भरहम्पटनलाई २–० र म्यानचेस्टर युनाइटेडले सिटीलाई २–० गोल अन्तरले पराजित गरेका हुन् ।

योसँगै लेस्टर अब अंक तालिकाको पाँचौ नम्बरमा पुगेको छ । 



यसपटकको सिजनबाट नर्विच सिटी, वाटफोर्ड र बोर्नमाउन रेलिगेसनमा परेका छन् । 



  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार २३:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया