पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
प्रतिकात्मक तस्वीर

लगातारको वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ नगरपालिकामा पर्ने झुम्पा पुल नजिकै, दोभान नजिकै र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा आज राति पहिरो खसेको हो । यसले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसका कारण त्यहाँ सवारी साधनहरु बीचमा नै रोकिएका छन् । 

वर्षा भइरहेकाले पहिरो हटाउने काम सुरु हुन सकेको छैन ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार ९:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया