अमेरिकाले छाड्यो चीनमा रहेका वाणिज्य दूतावास
अमेरिकाले वाणिज्य दूतावास छाड्दै गर्दा भवन अगाडि उभिएका चिनियाँ नागरिक

७२ घन्टे अल्टिमेटम सकिएपछि अमेरिकी कूटनीतिक अधिकारीहरुले चीनको चेङ्दुमा रहेको वाणिज्य दूतावास छाडेका छन् । चीनले केही दिनअघि मात्र अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन जारी गरेको थियो ।

यसअघि अमेरिकाले पनि टेक्ससमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो । 

सोमबार सकिने अल्टिमेटमसहित अमेरिकी वाणिज्य दूतावासबाट अमेरिकी कर्मचारीहरु बाहिर निस्किएको चिनियाँ मिडियाले प्रसारण गरेका छन् । त्यहाँ रहेको अमेरिकी झन्डा हटाइएको छ । 

चिनियाँ अधिकारीहरुले अब त्यो भवन आफ्नो नियन्त्रणमा आएको बताएका छन् । 

बेइजिङले यसलाई अमेरिकी निर्णयकै बदला लिन गरेको बताइएको छ ।

पछिल्ला केही दिन यता यी दुई देशबीच विभिन्न विषयमा चिसोपना थप बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र ट्रम्प प्रशासनले बारम्बार कोरोनाभाइरसका कारण उत्पन्न स्थितिमा व्यापार युद्धबारे चीनसँग झडपको वातावरण बनाइरहेका छन् ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार ९:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया