बाबुराम भन्छन्, ‘सत्ताधारी नेकपामा स्टालिनकालीन गन्ध आयो’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादलाई स्टालिनकालीन रुसी कम्युनिस्ट पार्टीको झल्को दिएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले तत्कालिन एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र तत्कालिन माओवादी केन्द्रको सिद्धान्त शताब्दीको जनवादलाई अहिलेको नेकपाले आत्मसात गर्न नसकेको आरोप पनि लगाएका छन् ।

‘सत्ताधारी नेकपाभित्रको सत्ता संघर्षमा भइरहेको तिकडमवाजी , जालझेल र षड्यन्त्र देख्दा ९० वर्षअघिको स्टालिनकालीन रूसी कम्युनिस्ट पार्टीभित्रको घात–प्रतिघातको ह्वास्स गन्ध आयो’, आज ट्विट गर्दै उनले प्रतिप्रश्न गरेका छन्, ‘कणहरूको जबज वा एक्काइसौं शताब्दीको जनवाद भनेको यही हो ?’

मानवीय त्रुटीकै कारण इतिहास दोहोरिने गरेको स्मरण गर्दै भट्टराई लेख्छन्, ‘स्मरण रहोस्, मानिसले आफ्ना गल्ती दोहोर्याउने कारण इतिहास आफै दोहोरिने गर्छ ।’
पछिल्लो समय नेकपाको विवाद उत्कर्षमा पुगेको छ । त्यो विवाद आज झनै बढेर गम्भीर मोडमा पुगेको छ ।  

पटक–पटक स्थगित भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले फेरि स्थगित गर्न खोजेमा अर्का अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डले त्यसलाई अघि बढाउने भएका छन् । यसबारे पार्टीका चार वरिष्ठ नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच सहमति भएको छ । यसले विवाद झनै गम्भीर मोडमा पुगेको बिज्ञहरुको निष्कर्ष छ ।




 



  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १४:५९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया