नेप्से परिसूचक २.६२ अंकले घट्यो

काठमाडौं– सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले घटेको छ । नेप्से परिसूचक सोमबार २.६२ले घटेर एक हजार ४६२.४८ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ०.२२ ले घटेर ३०७.३१ मा पुगेको छ। सोमबार कुल १८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता सेयर एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा खरिद–बिक्री भएका छन् । 

सोमबार कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक ४.१८, उत्पादन ५.०३, अन्य ५.७१ र लघुवित्त १२.४६ ले उकालो लागेको छ भने बैंकिङ १.२५, व्यापार ७.०७, होटल ३२.९१, जलविद्युत् २.५९, वित्त ०.९४ र निर्जीवन बिमा १५०.४१, जीवन बिमा ८८.७७ र सामूहिक लगानी कोष ०.०१ ले घटेका छन् ।

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको नेपाल लाइफ इन्सोरेन्स कम्पनीको १७ करोड ४४ लाख १९ हजार ९ सय ४७ मूल्यमा कारोबार भएको छ । यस्तै, नेपाल पुर्नबिमा कम्पनी १४ करोड ८८ लाख ६१ हजार १ सय ९४, नबिल बैंक नौ करोड नौ लाख नौ हजार ५५, एनआइसी एशिया लघुवित्त सात करोड ७९ लाख २० हजार ८५, एनआइसी एशिया बैंक ६ करोड नौ लाख ९२ हजार ७ सय ९७ बराबरको कारोबार गरेर शीर्ष स्थानमा रहेका छन् । 

श्रीराम सुगर मिल्स ४.९७, नेपाल बैंक लिमिटेड ४.८७, कालिका पावर ४.५५, मितेरी डेभपलपमेन्ट बैंक ४.५३, प्रभु बैंकका लगानीकर्ताले ४.३८ प्रतिशतले कमाए । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन ०.०७, राष्ट्रिय बिमा कम्पनी ०.१०, ग्लोबल आइएमई समुन्नत स्किम–१ ले ०.११ र नबिल बैंकका लगानीकर्ताले ०.१२ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १८:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया