काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशनमा ल्याएको छ । पुस्तिकाबाट नेपाली कांग्रेसको प्रारम्भ, आदर्श, सिद्धान्त, नीति, कार्यक्रम, पार्टीको इतिहास र योगदान समावेश गरिएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पुस्तिकामा पार्टीका विभिन्न विषय समावेश गरिएको जानकारी दिएका छन् । पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलब्धि, आर्थिक–सामाजिक नीति, परराष्ट्र सम्वन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्यांकन , साम्यवाद र लोकतन्त्रकाबीचको भिन्नता पनि पुस्तिकमा समेटिएको उनले जानकारी दिए ।
आधारभूत प्रशिक्षण पुस्तिकामा कम्युनिष्ट पार्टीसहितका अन्य पार्टी र नेपाली कांग्रेसका बीच भिन्नता, आगामी दिनमा कांग्रेसले गर्ने र गर्न सक्ने योजनालगायत विषय पुस्तिकामा समावेश गरिएको छ ।
प्रतिष्ठानले पार्टीका सदस्यहरुका लागि प्रशिक्षण यही पुस्तिकाको आधारमा गर्न सम्पूर्ण प्रशिक्षक र जिल्ला प्रशिक्षण शाखालाई समेत आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।