अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको आखिरी चरणको ट्रायल सुरु

कोरोनाभाइरस भ्याक्सिन बनाउने क्रममा सोमबार विश्वका लागि सबैभन्दा खुसीको खबर छ । यो खबर हो, अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको सबैभन्दा ठूलो परीक्षण सुरु भएको छ । यो परीक्षणमा ३० हजार मानिस सहभागी भएका छन् । 

विश्वभर तहल्का मच्चाइरहेको कोरोनाभाइरस भ्याक्सिनको आखिरी फेजको परीक्षणमा अहिले अमेरिका पनि सामेल भएको छ । 

तर, अहिलेसम्म यो भ्याक्सिन कोरोनाका लागि उपयुक्त हुने कुनै निश्चितता छैन । नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मेडर्ना इंकले बनाएको यो भ्याक्सिनले के साँच्चिकै कोरोनालाई ठिक गर्ला ? यसबारे अहिलेसम्म कुनै प्रमाण भने भेटिएको छैन । तर, अहिले यो भ्याक्सिन अब परीक्षणमा गएको छ र यसलाई विश्वका लागि ठूलो राहतका रुपमा लिइएको छ ।

यो भ्याक्सिनको दुई डोज दिएपछि वैज्ञानिकहरुले यसबारे थप अध्ययन गर्ने बताएका छन् । अहिले यो भ्याक्सिन अमेरिकाका ती ठाउँहरुमा परीक्षण गरिएको छ जहाँ यो भाइरसमाथि अहिलेसम्म नियन्त्रणमा लिन अमेरिकी सरकार सफल भएको छैन । अर्थात् ती ठाउँका मानिसहरुमा यो भ्याक्सिन प्रयोग गरिएको हो जहाँ अहिले पनि कोरोनाभाइरस संक्रमणले समस्या पारिरहेको छ ।

अमेरिकामा कोरोनाभाइरस विशेषज्ञ डा. एन्थनी फाउचीले केही दिनअघि मात्र समाचार एजेन्सी एपीलाई भनेका थिए, ‘दुर्भाग्यवस अमेरिकामा अहिले पनि निकै धेरै संक्रमित छन् । अहिले अब यो भ्याक्सिन जर्जियामा परीक्षणमा आएको छ ।’

न्युयोर्कको बिंगम्याटनमा कार्यरत एक नर्स मेलिसा यो भाइरस परीक्षण गरिएकी ३० हजार मानिसमध्ये एक हुन् । उनले आफ्नो कर्तव्य सम्झिएर यो भाइरसको परीक्षणका लागि आफूले प्रयास गरेको बताएकी छिन् ।



अर्कोतिर, यसअघि चीन र बेलायतको अक्सफोर्ड विश्वविद्यालय बनाएका कोरोनाभाइरस भ्याक्सिन पनि यो महिनाको सुरुवातमै ब्राजिल र अन्य धेरै प्रभावित देशमा परीक्षण सुरु भएको छ ।



  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार २२:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया