कोरोनाभाइरसः ‘विश्व स्वास्थ्य संगठनले भोगेको सबैभन्दा गम्भीर स्वास्थ्य संकट’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख डा. ट्रेडोस अधानोम घ्रेबेयेससले कोरोनाभाइरसलाई डब्लूएचओले अहिलेसम्म सामना गर्न परेको सबैभन्दा गम्भीर स्वास्थ्य संकट बताएका छन् । 

उनले डब्लूएचओले यसलाई विश्व महामारी भनेपछि पछिल्लो एक साताको अवस्थालाई पुनः एकपटक अध्ययन गरेको पनि बताएका छन् । 

यसअघि पाँच विश्व स्वास्थ्य संकट, इबोला (दुईपटक महामारी), जिका, पोलियो र स्वाइन फ्लू भएको भए पनि यसपटक कोरोनाभाइरस सबैभन्दा बढी ठूलो संकट देखिएको उनले बताएका हुन् । 

जनवरीदेखि अहिलेसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या कम्तिमा पनि १ करोड ६० लाखभन्दा धेरै भएको छ ।

‘३० जनवरीमा हामीले स्वास्थ्य आपतकाल घोषणा गर्दा चीनभन्दा बाहिर सयजना भन्दा कम संक्रमित थिए र एकजनाको पनि मृत्यु भएको थिएन,’ डा. ट्रेडोसले भनेका छन्, ‘तर, कोभिड १९ ले अहिले विश्व फेरिदिएको छ । यसले मानिसहरु, समुदाय तथा देशहरुलाई नजिक ल्याएको र झन् टाढा बनाएको छ ।’

पछिल्लो ६ सातामा मात्र विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या डबल भएको पनि उनले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार ४:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया