पाँच वर्ष अघिको तस्बिर शेयर गर्दै के भने सन्दीपले ?

युवा क्रिकेटर सन्दीप लामिछाने अहिले फुर्सदिला छन् । विश्वभर कोरोनाभाइरस महामारी फैलिएसँगै करिब ६ महिनायता उनले कुनै क्रिकेट प्रतियोगिता खेल्न पाएका छैनन् ।

लेग स्पिनर सन्दीपको यो सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) यात्रा अझै अन्यौलमै छ । समयमा नै हवाइ टिकट मिल्ने सम्भावना कम भएपछि उनको सिपिएल खेल्ने सम्भावना कम भएको हो । तर, प्रयास जारी रहेकाले उनले सिपिएल खेल्ने सम्भावना अझै टरेको छैन ।

फर्सदिला भएपछि पछिल्लो समय सन्दीप सामाजिक सञ्जालमा समेत खुबै छाउन थालेका छन् । यसैबीच, उनले पाँच वर्ष अघिको तस्बिर ट्विटरमा शेयर गरेका छन् ।

त्यो तस्बिरमा सन्दीप १४–१५ वर्षका मात्र छन् । त्यो तस्बिर डिसेम्बर १५ मा खिचिएको उनले खुलासा गरेका छन् । यु–१९ क्रिकेट विश्वकपको तयारीका क्रममा उक्त तस्बिर खिचिएको हो । जहाँ उनी कडा खालको जिम गरिहेका छन् भन्ने उनको मुखाकृतिले देखाउँछ ।

‘लौ है आउने प्रतियोगिताहरुका लागि तयारी गर्दै’, ठट्टा गर्दै सन्दीपले लेखेका छन् ।

उनको यो ठट्टाप्रति फ्यानहरुले पनि रमाइला प्रतिक्रिया दिएका छन् ।



फुर्सद हुँनासाथ सन्दीप संगीतमा समेत रमाउने गर्छन् । उनले करिब आधा दर्जन गीत उनले रेकर्ड गराइसकेका छन् । हालै मात्र उनले ‘हराएँ म’ बोेलको गीत युट्युबमा हालेका छन् ।

 
 



  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १०:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया