विराट बने सबैभन्दा धेरै इन्स्टाग्राममा फलोअर्स हुने भारतीय

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका भारतीय नागरिक बनेका छन् । उनलाई इन्स्टाग्राममा ७ करोड व्यतिmले फलो गरेका छन् ।

विराटपछि दोस्रो स्थानमा पाँच करोड ५० लाख फलोअर्सको साथमा अभिनेत्री प्रियंका चोपडा छिन् ।

विराट फुटबलका तीन चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेइमारपछि इन्स्टाग्राममा बढी फलोअर्स भएको खेलाडीको सूचीमा चौंथो स्थानमा छन् ।

उनले बास्केटबलका चर्चित खेलाडी लेब्रन जेम्सलाई पछि पारेका हुन् । जेम्सको इन्स्टाग्राममा ६ करोड ९० लाख फलोअर्स छन् ।



पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोलाई २३ करोड दुई लाख, अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड मेसीलाई १६ करोड एक लाख तथा ब्राजिल तथा पिएसजीका फरवार्ड नेइमारलाई १४ करोड व्यक्तिले इन्स्टाग्राममा फलो गरेका छन् ।



  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १२:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया