एम्बाप्पे तीन साता मैदान बाहिर

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा फरवार्ड केलियन एम्बाप्पे कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् । उनको घुँडामा लागेको चोट गम्भीर भएकाले उनी खेल्न नसक्ने भएका हुन् ।

गत शुक्रबार कप डे फ्रेन्च (फ्रेन्च लिग कप)को फाइनलमा सेन्ट एटिएनका लेइस पेरिनले खराब ट्याकल गरेपछि एम्बाप्पेको दायाँ खुट्टामा चोट लागेको थियो ।

तीन साता मैदान बाहिर रहने भएपछि एम्बाप्पेले फ्रेन्च लिग कपको फाइनल तथा च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल गुमाउने पक्का भएको छ ।

पिएसजीले फ्रेन्च लिग कपको उपाधिका लागि जुलाई ३१ मा लियोनसँग प्रतिस्पर्धा गर्नेछ भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा १२ अगस्टमा एटलान्टाविरुद्ध खेल्ने छ । 





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १३:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया