प्रचण्ड र खनालले ओलीलाई भेटेर फर्किए
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट स्थगित गरेको नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकको अध्यक्षता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । 

प्रचण्डले बैठक सुरु गर्नुअघि एकपटक ओलीसँग पनि भेटघाट गरेका छन् । 

ओलीले पार्टी र सरकार मनोमानी ढंगले चलाएको भन्दै विरोधमा उत्रिएका प्रचण्ड–नेपाल समूहले निकै दबाबमा पारेपछि अ‍ोलीले यसअघि उनीहरुसँग सल्लाह नै नगरी बैठक स्थगित गरेका थिए । 

तर, प्रचण्डलाई माधवकुमार नेपाल, झलनाथ खनालले साथ दिएपछि बैठक अगाडि बढेको छ । 

यो बैठकअघि खनाल र प्रचण्डले ओलीलाई भेट गरेको बताइएको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १४:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया