कसले बाजी मार्ला युरोपियन गोल्डेन बुटमाथि ?

यो सिजनको युरोपियन गोल्डेन बुटका लागि रोबर्ट लेवान्डोस्की, किरो इम्मोबोले र क्रिस्टियानो रोनाल्डोबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

युरोपका अन्य लिग समाप्त भइसक्दा सिरी एमा अझै दुई खेल बाँकी छन् । यसले इम्मोबोले र रोनाल्डोलाई फाइदा पुग्ने देखिन्छ ।

गोल्डेन बुटको दौडमा अहिले जर्मन बुण्डेस लिगा क्लब बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्की शीर्ष स्थानमा छन् । उनले ३४ गोल गर्दा ६८ अंक पाएका छन् ।
त्यस्तै, सिरी ए क्लब लाजियोका फरवार्ड सिरोले पनि समान ३४ गोलबाट ६८ अंक पाएका छन ।

त्यस्तै सिरी ए क्लब युभेन्टसका रोनाल्डो ३१ गोलबाट ६२ अंक पाएका छन् ।

अहिलेको अवस्थालाई विश्लेषण गर्ने  हो भने इम्मोबोले नै गोल्डेन बुटको प्रमुख दावेदारको रुपमा देखिन्छन् । पछिल्लो समय राम्रो लयमा रहेका उनले दुई खेलबाट १ गोल मात्र गरे पनि गोल्डेन बुट जित्नेछन् ।



लाजियोले लिगमा ब्रेसिया तथा नापोलीसँग खेल्न बाँकी छ ।



लेवान्डोस्कीले गोल्डेन बुट जित्न इम्मोबोले दुबै खेलमा गोलविहिन भएर मात्र पुग्दैन रोनाल्डोले पनि दुई खेलमा ४ गोल गर्नुहुँदैन । त्यसैले उनको सम्भावना निकै कम छ । 
युभेन्टसका फरवार्ड रोनाल्डोको पनि गोल्डेन वुट जित्ने सम्भावना निकै कम छ । उनले गोल्डेन वुट जित्न बाँकी दुई खेलमा कम्तीमा पनि ४ गोल गरेर मात्र पुग्दैन इम्मोबोले पनि दुबै खेलमा गोलविहिन हुनुपर्छ ।

युभेन्टसले लिगमा काग्लीयरी र रोमासँग खेल्न बाँकी छ । 
। 
दौडमा रहेका शीर्ष पाँच खेलाडी

रोबर्ट लेवान्डोस्की – जर्मन बुण्डेस लिगा (व्रायन म्युनिख) –३४ गोल (६८ अंक)

किरो इम्मोकोले – सिरी ए (लाजियो) –३४ गोल (६८ अंक)

क्रिस्टियानो रोनाल्डो – सिरी ए (युभेन्टस) –३१ गोल (६२ अंक)

टिमो वार्नर – जर्मन बुण्डेस लिगा (आरबी लाइप्जिङ) –२८ गोल ( ५६ अंक)

लियोनल मेसी – ला–लिगा (बार्सिलोना) –२५ गोल (५० अंक)

एर्लिन हालान्ड– जर्मन बुण्डेस लिगा (बेरुसिया डर्टमण्ड) र अष्ट्रियन बुण्डेस लिगा (साल्जवर्ग) –२९ गोल (५० अंक)

हालान्डले अष्ट्रियामा गरेको प्रत्येक गोलबाट १.५अंक पाए । त्यहाँ उनले १६ गोल गरेका थिए ।

युरोपका शीर्ष पाँच लिगमा प्रत्येक गोलको २ अंक दिइन्छ भने अन्य लिगको स्तरअनुसार प्रत्येक गोलको १.५ वा १ अंक दिइन्छ ।

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १५:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया