काठमाडौं– नेकपा नेताहरुको बालुवाटार बैठक सकिएको छ । आजको बैठकले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सहमति खोज्ने जिम्मा दिएको छ ।
बैठकबाट बाहिरिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच सहमति भएपछि मात्रै स्थायी कमिटीको बैठक बोलाइने बताए ।
‘आजको बैठक सकिएको छ । अध्यक्षद्वयबीचमा सहमति खोज्ने जिम्मा अध्यक्ष प्रचण्डलाइ दिएका छौँ,’ बैठकबाट बाहिरिँदै प्रवक्ता श्रेष्ठले भने, ‘सहमति खोज्न जिम्मा दिएका छौँ, अब ओली–प्रचण्डजीबीच छलफल भएपछि मात्रै अर्को बैठकको मिति तय हुनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।