पाल्पाका विद्यालयमा पठनपाठन शुरु

पाल्पा– कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । 

रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक तह माध्यामिक तहलाई पालो अनुसारको पढाइ शुरु गरेका छन् । निजी विद्यालय केहीले बिहान ७ बजेदेखि र केहीले ९ बजेदेखि शुरु गरेर कक्षा विभाजन गरी तीन रतीन घण्टा पढाइ सञ्चालन गरेका छन् । रामपुर अङ्ग्रेजी आवासीय विद्यालयले बिहान हात धोएर, स्यानीटाइजर तथा मास्कको प्रयोग गरी विद्यालय पुगेका विद्यार्थीलाई एक बेञ्चमा दुईका दरले राखेर पढाउन शुरु गरेको छ ।

सामुदायिक विद्यालयले गृहकार्य दिने तथा हप्तामा केही दिन बिराएर विद्यालयमै कक्षागत पालो लगाएर पढाइ शुरु गरेका जनाएका छन् । असार १७ गतेदेखि साउन ७ गतेसम्म टोलटोलको विद्यार्थी जम्मा पारेर शिक्षकले पढाउने कार्य पनि झन्झटिलो भएकाले स्वास्थ सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको रामपुर नगर शिक्षा समितिले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १८:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया