गण्डकी प्रदेशमा मंगलबार थप ३१ जनामा कोरोना पुष्टि, स्याङ्जामै २५ जना

पोखरा– गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार दिएको अपडेटअनुसार गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितहरु स्याङ्जाका २५ जना र बाग्लुङका ६ जना रहेका छन् । दुई जिल्लाका गरी थप ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १९:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया