इंग्ल्याण्डलाई टेस्ट सिरिज

काठमाडौं– कोरोना भाइरसपछि सुरु भएको इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको पहिलो टेस्ट सिरिज घरेलु टोली इंग्ल्याण्डले आफ्नो नाममा गराएको छ । 

तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली २६९ रनले विजयी भएसँगै घरेलु टोलीले ३ खेलको सिरिज २–१ ले जितेको हो । इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इण्डिजले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२९ जोड्न सक्यो ।

वेस्ट इण्डिजका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

साइ होपले सर्वाधिक ३१, जर्मेन ब्ल्याकउडले २३ तथा समार्ह ब्रुक्स २२ रनको योगदान दिए । 

इंग्ल्याण्डका लागि क्रिस वोक्सले ५ तथा स्टुअर्ट ब्रोर्डले ४ विकेट हात पार्दा एक विकेट रन आउटको रुपमा प्राप्त भयो ।   

म्याचेस्टरस्थित इमिरेट्स वल्र्ड टाफफोर्डमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो पारीमा १११.५ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाउँदै ३६९ बनाएको थियो भने दोस्रो पारीमा ५८ ओभर ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २२६ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । 



इंग्ल्याण्डका लागि पहिलो पारीमा ओली पोप, जोस वटलर, स्टुअट ब्रोर्ड तथा रोरी बु्रन्सले अर्धशतकीय पारी खेलेका थिए ।

पोपले १५० बलको सामना गर्दै ११ चौकाको मद्दतमा सर्वाधिक ९१ रनको योगदान दिए । वटलरले १४२ बलको सामना गर्दा ७ चौका तथा २ छक्काको मद्दतमा ६७ रन बनाए ।



ब्रोर्डले ४५ बलमा ९ चौका तथा १ छक्काको मद्दतमा ६२ तथा ब्रुन्सले १४७ बलमा ४ चौकाको मद्दतमा ५७ रनको योगदान दिए । 

वेस्ट इण्डिजका लागि केमार रोचले ४ रोस्टन चेस तथा सन्नोन ग्राबियलले समान २ विकेट तथा कप्तान जेसन होल्डरले १ विकेट हात पार्दा एक विकेट रन आउटको रुपमा प्राप्त भयो । 

त्यस्तै, इंग्ल्याण्डका लागि दोस्रो पारीमा रोरी ब्रुन्स, कप्तान जेसन रुट तथा डोम सिब्लेले अर्धशतकीय पारी खेले ।

ब्रुन्सले १६३ बलको सामना गर्दै १० चौकाको मद्दतमा सर्वाधिक ९०, रुटले ५६ बलको सामना गर्दै ८ चौका तथा १ छक्काको मद्दतमा ६८ तथा सिब्लेले १३२ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ५६ रनको योगदान दिए । 

वेस्ट इण्डिजका लागि जेसन होल्डर तथा रोस्टन चेसले समान १ विकेट हात पारे ।

वेस्ट इण्डिजले पहिलो पारीमा ६५ ओभर ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १९७ रन बनाएको थियो । 


वेस्ट इण्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४६ सेन डोविचले ३७ तथा जोन क्याम्पवेलले ३२ रनको योगदान दिए । 

इंग्ल्याण्डका लागि स्टुअर्ट ब्रोर्ड ६ जेम्स एण्डरसनले २ तथा जोफ्रा आर्चर र क्रिस वोक्सले समान १ विकेट हात पारे । 

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार २१:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया