कोरोनाको उपचारका लागि प्रभावकारी औषधि हाइड्रोक्सिक्लोरोक्विन नै हो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने दोहोर्याएका छन् । उनले ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग यस्तो दाबी गरेका हुन् ।

आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको गुनासो छ ।
‘जब मैले कुनै चीज प्रस्ताव गर्छु, त्यसलाई इन्कार गर्न खोजिन्छ’, पत्रकारहरुसँग उनले भने ।

हाइड्रोक्सिक्लोरोक्विन औषधि खासगरी मलेरियाका बिरामीलाई दिइन्छ । तर, ट्रम्पले भने यो औषधि कोरोना संक्रमितलाई पनि प्रभावकारी हुने दोहोर्याएका छन् ।

ट्रम्पले सबैभन्दा पहिले गत मार्च महिनामा कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि उपयोग गर्न सकिने बताएका थिए ।

७३ वर्षीय ट्रम्पले गत मे महिनामा कोरोनाबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको बताएका थिए । उनले १४ दिनसम्म यो औषधि सेवन गर्दा पनि कुनै साइड इफेक्ट नभएको बताए ।

‘सुरुवाती स्टेजमा यो औषधि प्रभावकारी हुन्छ । यसको प्रयोगबाट तपाईंलाई कुनै हानी गर्दैन । नत्र यो यति धेरे लोकप्रिय हुँदैनथ्यो’, उनले थपे ।



विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र विश्वका अन्य वैज्ञानिकहरुले भने कोरोनाको औषधि हालसम्म पत्ता नलागेको बताएका छन् । उनीहरुले हाइड्रोक्सिक्लोरोक्विन औषधि आफूखुसी खाँदा मुटुमा नकारात्मक असर पर्ने चेतावनीसमेत दिएका छन् ।



  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार ७:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया