सरकारले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव नियुक्त गरेको भोलिपल्ट अर्थात मंगलबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
टीकादत्त दाहालले साउन ८ गते दायर गरेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले १५ दिन भित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको हो ।
रिटमा राखेप र मन्त्रालयले गठन गरेको सदस्य सचिव सिफारिस समितिलाई पनि विपक्षी बनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।