सन्दीपले सिपिएल खेल्ने पक्का

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले यसपटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल)खेल्ने पक्का भएको छ ।

समयमा नै हवाइ टिकटको टुङ्गो लाग्ने सम्भावना कम भएकाले केही दिनअघि उनको सिपिएल यात्रा अन्योलमा परेको चर्चा चलेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा भिडियो एनालिस्ट रमन सिवाकोटीले आज ट्विटमार्फत सन्दीपको सिपिएल यात्रा पक्का भएको जानकारी दिएका हुन् ।

सन्दीपका व्यवस्थापकसमेत रहेका सिवाकोटीका अनुसार सन्दीप जुलाई ३० मा कोरियन चार्टर्ड फ्लाइटमार्फत क्यारेबियन क्षेत्र उड्नेछन्  र अगस्ट १ मा त्यहाँ पुग्नेछन् । 
‘सन्दीपले सिपिएल खेल्ने पक्का भएको छ । उनी सिपिएलमा सहभागी हुनका लागि जुलाई ३० मा कोरियन च्यार्टर्ड फ्लाइटमार्फत क्यारेबियन यात्रामा निस्कने छन् र १ अगस्टमा त्यहाँ पुग्ने छन्’, सिवाकोटीले लेखेका छन्, ‘यस्तो गाह्रो कामलाई सम्भव बनाउन सहयोग गर्नुहुने सबैलाई धेरै–धेरै धन्यवाद !’

तेस्रो सिजन सिपिएल खेल्ने तयारीमा रहेका सन्दीपलाई यो सिजन जमैका तलावाजले ९० हजार अमेरिेकी डलरमा अनुबन्धन गरेको छ ।

यो सिजनको सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुँदैछ ।



आइसिसीको नियमअनुसार सन्दीपले १४ दिन क्वारेन्टाइनमा बसेर मात्र क्लबको प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

सन्दीपको टिमले १९ अगस्टमा सेन्ट लुसिया जुक्सविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।



 


 

  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १२:३६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया