काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूखुसी पद बाँडेर महाधिवेशन प्रभावित पार्न खोजेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आरोप लगाएको छ ।
पौडेल पक्षका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर यस्तो निष्कर्ष निकालेका हुन् । पार्टी सभापतिले क्रियाशील सदस्यता वितरणदेखि विभाग गठनसम्म हस्तक्षेप गरेको उनीहरुको ठहर छ ।
महाधिवेशन घोषणा भइसकेको अवस्थामा सभापति देउवाले निर्वाचन आचारसंहिताविपरीत विभाग गठन गरेकोमा पौडेल पक्ष असन्तुष्ट छ ।
त्यस्तै, मंगलबार मात्रै पार्टी प्रवेश गरेका सुनील थापालाई देउवाले सहमहामन्त्री पद दिएको घोषणा गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको छ ।
महाधिवेशनको ६ महिनाभित्र गरिसक्नुपर्ने विभाग गठन अर्को महाधिवेशन आउन ६ महिना बाँकी छँदा गरेर देउवाले आफ्नो पक्षमा माहेल सिर्जना गर्न खोजेको पौडेल पक्षको बुझाइ छ ।
कांग्रेसको महाधिवेशन फागुन ७ देखि काठमाडौंमा गर्ने तय भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।