गौतमको ‘डुमेरो’ सार्वजनिक

सरला गौतमको उपन्यास ‘डुमेरो’  सार्वजनिक भएको छ । नेपालयबाट प्रकाशित उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा खोजेको पहिचानलाई  कथा बनाएको छ ।

    

पत्रकरिताबाट लेखकीय जीवन आरम्भ गरेकी गौतमले  आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारका रुपमा स्थापित गरेकी छिन् । यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो ।


उपन्यासको शीर्षक ‘डुमेरो’ले कुनै गन्तब्य विहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने गौतमल ेबताइन् । यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्ने उनको भनाइ छ ।

 

‘गौतमले वकालत गर्ने भाषाको अराजनीतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ,’ पुस्तकबारे चर्चा गर्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्,  ‘उनले पात्रहरूका सशक्तिकरण, पहिचान र बद्लिँदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा प्रस्तुत गरेकी छन् ।



‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ । 
 



  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार १७:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया