कुवेतले देशमा नेपाली नागरिकहरुका लागि प्रवेशाज्ञामा निषेधाज्ञा लगाएको छ ।
कुवेत सरकारले पछिल्लो साढे तीन महिनादेखि बन्द रहेका अन्तर्राष्ट्रिय विमान सेवा अब फेरि १ अगस्तबाट सुरु गर्ने बताएको छ ।
बिहीबार कुवेत सरकारले १ अगस्टबाट विमान सेवा सुरु हुने भए पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान तथा फिलिपिन्समा आउनेहरुलाई प्रवेशमा रोक लगाएको हो ।
यी देशमा भएका आफ्ना नागरिकलाई पनि देश नफर्किन कुवेतले अनुरोध गरेको छ । अन्य देशमा रहेका कुवेती नागरिक तथा अन्य मानिसहरु चाहिँ अब कुवेत आवतजावत गर्न पाउने भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।