‘कोरोनाभाइरस सँगसँगै बाँच्न सिकौँ’

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडहानम गिब्रिएसुसले अब विश्वले कोरोनाभाइरस सँगसँगै बाँच्न सिक्नु पर्ने बताएका छन् । 

विश्व स्वास्थ्य संगठनले दैनिक रुपमा गर्ने पत्रका सम्मेलनमा डा. टेड्रोसले भनेका छन्, ‘हामी सबैले यो भाइरससँगै रहन र बाँच्न सिक्नु पर्ने हुन्छ । यो भाइरस अहिले तत्काल नहराउन सक्छ । त्यसैले हामीले आफ्नो जीवनको सुरक्षा गर्दै र अरुको सुरक्षाको पनि ख्याल गर्दै जीवनमा बाँच्न सिक्नु पर्छ ।’

उनले अहिले पछिल्लो समय विभिन्न देशले लगाएका प्रतिबन्धहरुको पनि प्रशंसा गरेका छन् । पछिल्लो पटक हज यात्राका लागि साउदी अरब सरकारले लगाएको प्रतिबन्धको प्रशंसा गर्दै उनले भनेका छन्, ‘सरकारले यस्ता खाले प्रतिबन्ध लगाएको खण्डमा कोरोना नियन्त्रणमा आउन सक्छ । साउदी अरबले कडा प्रतिबन्ध लगाएर आफूलाई प्रमाणित गरेको छ, विश्वका लागि नमूना बनेको छ ।’

उनले कोरोनाभाइरस युवाहरुका लागि पनि खतरा भएको दोहोर्याएका छन् । उनले भनेका छन्, ‘हामीले पहिले पनि चेतावनी दिइसकेका छौँ कि कोरोनाभाइरस युवाहरुका लागि पनि जोखिम हो, यसले युवाहरुलाई केही नहुने भन्ने हुँदैन ।’

उनले कोरोनाभाइरस संक्रमण युवाहरुलाई पनि हुने र उनीहरुले पनि कोभिड १९ का कारण ज्यान गुमाउने र अरुलाई संक्रमण फैलाउने सम्भावना पनि उत्तिकै भएको बताएका छन् ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार ५:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया