Fri, 14 Aug, 2020


सुशान्तलाई पैसाले राख्दैनथियो ठूलो महत्वः पूर्वप्रेमिका
फरकधार / साउन १६, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको एक महिनाभन्दा बढी भएको छ । तर, उनीबारे नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् । उनकी पूर्वप्रेमिका अंकिता लोखन्डेले अब सुशान्तबारे आफ्नो धारणा खुलेर राखेकी छिन् । 



सुशान्तलाई पैसाको कुनै महत्व नहुने र उनी आफ्नो प्यासनलाई फलो गर्न चाहने अभिनेता भएको अंकिताले बताएकी छिन् ।

एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘सुशान्तका लागि पैसा केही थिएन, उनी त आफ्नो प्यासनलाई नै पहिलो महत्व मान्थे । उनको क्रियटिभिटीले उनको जीवनमा ठूलो परिवर्तन ल्याएको थियो । त्यसलाई थप बलियो बनाउन उनी चाहन्थे ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्