ब्राजिलका राष्ट्रपतिले भने– हाइड्रोक्सिक्लोरिक्वन खाएर मैले कोरोना जितेँ

ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले एक पटक फेरि आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधी सेवन गरेर कोरोनाभाइरसलाई जितेको बताएका छन् । उनले कोभिड १९ लाई जित्न यो औषधी ठिक हुने पनि बताएका छन् । 

तर, उनको यो दाबीलाई विपक्षीले खण्डन गरेका छन् । उनीहरुले बोल्सेनारोलाई कोरोनाभाइरस संक्रमण नै नभएको बताएका छन् । 

बोल्सोनारोलाई ७ जुलाईमा कोरोनाभाइरस संक्रमण भएको बताइएको थियो । त्यसपछि उनी तीन साताका लागि क्वारेन्टिनमा गएका थिए । 

त्यसपछि बिहीबार उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

अनि बिहीबार नै ब्राजिलको सरकारले बोल्सोनारोकी पत्नी मिसेल बाल्सेनारोमा कोरोनाभाइरस संक्रमण देखिएको ब्राजिलको सरकारले बताएको छ । बिहीबार नै जैर बोल्सेनारोले आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधी खाएर कोरोनाभाइरस जितेको बताएका हुन् । 

तर, उनले आफ्नी पत्नीले पनि यो औषधी नलिएको बताएका छन् । 



कोरोनाभाइरसका कारण विश्वमा सबैभन्दा प्रभावित देशमा ब्राजिल दोस्रोमा पर्छ । ब्राजिलमा कोरोनाभाइरस संक्रमण त्यहाँका अन्य पाँच मन्त्रीमा पनि देखिएको छ ।



  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १०:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया