‘राज्य राष्ट्र’ पुस्तकको तेस्रो संस्करण प्रकाशित

काठमाडौं– पूर्वीय राजनीतिक सिद्धान्तमा आधारित कौटलीय अर्थशास्त्रपछिको पहिलो मौलिक पुस्तक भनेर दाबी गरिएको पुस्तक ‘राज्य राष्ट्र’को तेस्रो संस्करण प्रकाशित भएको छ । 

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. गोविन्दशरण उपाध्याय र अनुसन्धाता सुशील गौतमद्वारा लिखित पुस्तकलाई सहृदयता समाज नेपाल, भक्तपुरले प्रकाशित गरेको हो ।

राज्यराष्ट्र पुस्तकमा प्राचीन वैदिक र बौद्ध वाङ्मयका साथै ऐतिहासिक र आधुनिक सन्दर्भका आधारमा राष्ट्र र राष्ट्रियताबारे सैद्धान्तिक परिचर्चा गरिएको छ । राष्ट्रराज्य, द्विराष्ट्रियता र बहुराष्ट्रियताबारे तुलनात्मक विश्लेषण गर्दै पुस्तकमा राज्यराष्ट्र सिद्धान्त प्रस्तुत गरिएको छ । 

पहिचानको राजनीतिलाई पहिचानको संस्कृतिले प्रतिस्थापित गर्नको लागि पुस्तक महत्त्वपूर्ण हुने अपेक्षा पुस्तकका लेखकको रहेको छ । राज्यराष्ट्र पुस्तकको पहिलो संस्करण २०७३ सालमा र दोस्रो संस्करण २०७४ सालमा प्रकाशित भएको थियो ।

कुल १ सय ८० पृष्ठको पुस्तकमा ६ वटा अधिकरण (अध्याय) र परिशिष्ट खण्डसमेत रहेको छ । तेस्रो संस्करणको मूल्य रु. २ सय ५० रहेको छ ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १५:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया