सागमा स्वर्णपदक विजेता खेलाडीलाई कांग्रेसको सम्मान

काठमाडौं– नेपाली कांग्रेसको खेलकुद विभागले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीहरुलाई सम्मान गरेको छ । 

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमको आयोजना गर्दै कांग्रेसले सागमा स्वर्ण विजेता खेलाडीलाई सम्मान गरेको छ । 

कार्यक्रममा कांग्रेस सभापति शेरबहदुर देउवाले खादा ,सम्मानपत्र तथा नगद सहित सम्मान गरेका छन् । 

विभागले १ स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण विजेतालाई १५ हजार तथा दुईभन्दा बढी स्वर्ण जित्नेलाई २५ हजार रुपैयाँ प्रदान गरेकोे थियो ।

गत मंसिर १५–२४ सम्म घरेलु भूमिमा भएको सागमा नेपालले ५१ स्वर्णसहित कुल २०६ पदक जितेको थियो । 





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १७:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया