Wed, 05 Aug, 2020


नेटवर्किङ कम्पनीलाई इजाजत नदेऊ :  संसदीय समिति
फरकधार / साउन १६, २०७७
प्रतीकात्मक तस्बिर


संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ कम्पनीलाई इजाजत नदिन निर्देशन दिएको छ ।



 

समितिले विहीबार वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागलाई निर्देशन दिएको हो । हालसम्म  अनुमति लिएका कम्पनीका संचालक, विभागबाट वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्न इजाजत प्रदान गर्ने सम्वन्धमा जारी भएका निर्देशिका तथा विगतमा नेटवर्किङ व्यवसायको माध्यमबाट सर्वसाधरणलाई ठगी गर्ने व्यक्तिको विस्तृत विवरण तीन दिनभित्र उपलब्ध गराउन समेत समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

समितिले नेटवर्किङ व्यवसाय अध्ययन गर्न सोमप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति समेत गठन गरेको छ । उपसमितिका सदस्यमा कृष्णकुमार श्रेष्ठ, अमृता अग्रहरि, प्रकाश रसाइली र सरिता गिरी सदस्य छन् । 

 

समिति सभापति विमलप्रसाद श्रीवस्तवका अनुसार उपसमितिले १५ दिनभित्र सम्बन्धि निकाय, विभाग, मन्त्रालय र सम्बन्धित व्यक्तिहरुसँग छलफल गरी आफ्नो राय पेश गर्नेछ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्