Wed, 05 Aug, 2020


सार्वजनिक यातायातको भाडा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने
फरकधार / साउन १६, २०७७

काठमाडौं । सार्वजनिक यातायातमा चढेवापतको भाडा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने भएको छ । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रवर्धन गर्न एन–क्लाउड प्रालिसँग यस्तो सम्झौता गरेको हो ।



सम्झौताअनुसार सम्पर्करहित कार्ड र पीओएस टर्मिनलका माध्यमबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु हुनेछ ।
यो समझदारी कोभिड–१९ को प्रतिकूल परिस्थितिमा संक्रमण रोक्ने प्रयासस्वरुप गरिएको हो । यो परियोजना नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको बैंकको दाबी छ ।
बैंकले चाँडै नै अन्य बस समितीसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीका लागि पनि सहकार्य सुरू गर्ने दाबी गरेको छ ।

परियोजनाको सुरुवात किपु बस सेवाबाट हुनेछ जहाँ यात्रुहरूले बस भाडा बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । किपु यातायात कीर्तिपुरबाट राजधानीका विभिन्न स्थानसम्म चल्छन् ।

यसबारे समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरे ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्