एन्फालाई कारण देखाउ आदेश

एन्फाको भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारण देखाउ आदेश जारी गरेको छ ।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुले दर्ता गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र जवाफ पेस गर्न एन्फालाई निर्देशन दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजालसले एन्फालाई निवेदकको इच्छाबमोजिम आदेश जारी गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेस गर्न एन्फालाई निर्देशन दिएको हो । 

यसका साथ साथै सर्वोच्चले छलफलका लागि साउन २१ गते अदालतमा उपस्थित हुन दुवै पक्षलाई आदेश दिएको छ ।

गएको असार २ गते एन्फाले गौतम सुजखुको नेतृत्वमा रहेको भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरेर किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । 

एन्फाले सुजखुको नेतृत्वमा रहेको भक्तपुर जिल्ला फुटबल संघले एन्फाको छानबिन समितिले दिएको सुझाव, एन्फाको निर्देशन नियमावली तथा कानुनी प्रक्रिया समेत पूरा नगरी जिल्ला लिग सञ्चालन गरेको आरोप लगाएको थियो ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार २०:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया