कांग्रेसका नौ भ्रातृ संगठनको म्याद ६ महिना थपियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना नौवटा भ्रातृ संगठनहरुको म्याद ६ महिना थप गरेको छ । 

यसरी म्याद थप भएका भ्रातृसंगठनमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघ छन् । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको आगामी केन्द्रीय कार्यक्रमितिबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका भ्रातृ संस्थाहरुको म्याद ६ महिना थप गरिएको हो ।

अन्य भ्रातृ संस्थाको म्याद सकिएको लामो समय भए पनि नेविसंघको शुक्रबारबाट म्याद सकिएको थियो ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १९:४८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया