भालुले आक्रमण गर्दा अछाममा तीनजना घाइते

धनगढी– अछामको रामारोशन गाउँपालिका–६ भाटाकाटीयास्थित तुर्सानी सामुदायिक वनमा शुक्रबार भालुले आक्रमण गर्दा तीनजना घाइते भएका छन् ।

दिउँसो घाँस दाउरा काट्न जंगलमा गएका वेला उनीहरु आक्रमणमा परेका हुन् । भालुको आक्रमणबाट घाइते भएका उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइतेलाई बयालपाटा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १९:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया