आत्महत्याबारे सुशान्तले प्रेमिकासँग भनेका थिए

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको केही समय भइसकेको छ । तर, उनको आत्महत्याको विषय अहिले पनि भारतीय सन्चारमाध्यममा आइरहेको छ । 

यहीबीच उनकी पूर्वप्रेमिका भनिएकी अंकिता लोखन्डेले पनि यस विषयमा अब खुलेर कुरा गर्न थालेकी छन् । उनले आफ्ना पछिल्ला अन्तर्वार्ताहरुमा सुशान्तलाई कुनै डिप्रेसन नभएको बताउन थालेकी छिन् ।

अंकतिाले पछिल्लो समय एक अन्तर्वार्तामा चाहिँ सुशान्तलाई आत्महत्याबाट भाग्न खोज्ने मानिस भनेकी छिन् । ‘यो निकै अगाडिको कुरा हो, हामी कसैको आत्महत्याबारे कुरा गरिरहेका थियौँ । सुशान्तले चाहिँ आत्महत्याको सोच आएमा आफूहरुले त्यसलाई तत्काल परिवर्तन गरिदिने बताएका थिए,’ उनले भनेकी छिन् ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार २२:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया