Fri, 14 Aug, 2020


साउदीको शान आरामकोलाई पछाडि पार्‍यो एप्पलले
फरकधार / साउन १६, २०७७

एप्पल कम्पनीको शेयरमा शुक्रबार ७.१ प्रतिशतको वृद्धि भएपछि अब साउदी अरबको तेल कम्पनी पछाडि परेको छ ।



कोरोनाभाइरसका कारण विश्वभरको तेलको मागमा आएको गिरावट र यसको असरका कारण साउदीको तेल कम्पनी आरामको भन्दा बढी फाइदा एप्पललाई पुगेको हो ।

योसँगै अब विश्वको सबैभन्दा ठूलो कम्पनी एप्पल बनेको छ ।

शुक्रबार बजार खुलेसँगै एप्पल कम्पनीको सेयर ४१२ अमेरिकी डलर भएको थियो । यही दरमा बजार बन्द भयो भने अब एप्पल कम्पनीको बजार भाउ १.७८६ ट्रिलियन डलर हुनसक्ने बताइएको छ । 

साउदी कम्पनी आरामको गत वर्ष पब्लिक कम्पनी भएको थियो । अहिले आरामकोलाई १.७६ ट्रिलियन डलरको कम्पनी भनिने गरिएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्