Fri, 14 Aug, 2020


दक्षिण अफ्रिकामा एक नेपालीकाे मृत्यु
फरकधार / साउन १६, २०७७

दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक नेपालीको निधन भएको छ।



पाँचथर घर भएका ३४ वर्षिय नियालसन बोखिम लिम्बुको निधन भएको हो । छाति दुखेपछि उनी अस्पताल पुगेका थिए। उपचारकै क्रममा उनको निधन भएको दक्षिण अफ्रिकाका लागि कार्यावाहक राजदूत घनश्याम लम्सालले जानकारी दिए । उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट आइनसकेको लम्सालले बताए ।

उनी वासीङ पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत  रहेको एनआरएनका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जनकारी दिए ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्