पिएसजीले जित्यो फ्रेन्च लिग कप

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।गएराति भएको खेलमा लियोनलाई सडनडेथमा ६–५ ले पराजित गर्दै पिएसजी च्याम्पियन ब सफल भएको हो ।

यससँगै पिएसजीले सिजनको तेस्रो उपाधि जित्दै फ्रेन्च फुटबलमा दवदवा कायम गरेको छ । पिएसजीले यसअघि फ्रेन्च लिग वान र कप डि फ्रान्सको उपाधिमाथि कब्जा जमाइसकेको छ ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र थप गरिएको समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा पिएसजीले बाजी मारेको हो ।

पिएसजीका सबै खेलाडीले अर्थात ६ पेनाल्टीमा गोल गर्दा लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टी असफल भएको थियो ।

पिएसजीका एन्जल डि मारिया, मार्काे भेराट्टी, लियान्द्रो ड्यानियल पाराडेस, एन्डर हेरेरा, नेयमार र पाब्लो सारावियाले गोल गरे ।

लियोनका जोअचिम एन्डरसन, कार्ल टुको एकम्वी, म्याक्सइन्स, थियागो मेन्डिस र हुसेन एओअरले गोल गर्दा ट्राओरेले पेनाल्टी चुकाएका थिए ।
 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार ७:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया