Fri, 14 Aug, 2020


तुलसीलालका सपना हामीले धेरै हदसम्म पूरा गरेका छौं : प्रम ओली
फरकधार / साउन १७, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिस्ट नेता तुलसीललाल अमात्यको सपना धैरै हदसम्म आफूहरुले पूरा गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको पहिलो संसदीय दलका नेतासमेत रहेका नेता अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आज श्रद्धान्जलि वक्तव्य जारी गर्दै उनले यस्तो बताएका छन् ।



‘तुलसीलाल अमात्यको जुन राजनीतिक उद्देश्य थियो, त्यसलाई आज हामीले धेरैहदसम्म पूरा गरेका छौं’, प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘अर्थात् आज हामीले उहाँलगायत अग्रजहरुका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेका छौँ ।’

तुलसीललाल लगायतका अघिल्लो पुस्ताका नेताहरुले निर्माण गरेको नेकपालाई आफूहरुले अझ बलियो बनाउन र झनै एकाताबद्ध भएर अघि बढ्न आवश्यक रहेको ओलीले औँल्याएका छन् ।

‘तुलसीलाल अमात्य लगायतका पहिलो पुस्ताका नेताहरुले पसिना सिंचेर निर्माण भएको यस पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य छ’, उनले भनेका छन्, ‘त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाक्षा अगाडि सारेका छौं ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले तुलसीलाललाई नेपाली कम्युनिस्ट आन्दोलनका अविश्रान्त योद्धाको संज्ञासमेत दिएका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्