एफए कपको उपाधिका लागि आज चेल्सी र आर्सनल भिड्दै
फाइल तस्बिर

 एफए कपको उपाधिका लागि चेल्सी र आर्सनल आज भिड्दैछन् । खेल नेपाली समयअनुसार राति सवा १० बजे हुनेछ ।

पछिल्लो समय लयमा देखिएका यी दुई टोलीबीच प्रतिस्पर्धा रोमाञ्चक हुने देखिन्छ ।

सेमिफाइनलमा उत्कृष्ट टोलीलाई पराजित गरेकाले पनि यी दुई टोली उच्च मनोबलका साथमा मैदानमा उत्रने छन् ।

चेल्सीले म्यानचेस्टर युनाइटेड तथा आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

सन् १८७१–७२ बाट सुरु भएको एफए कपमा आर्सनल सर्वाधिक सफल टिम हो । उसले हालसम्म सर्वाधिक १३ उपाधि हात पार्दा ७ पटक उपविजेता बनेको छ । आर्सनलले पहिलो एफए कप उपाधि १९२९–३० तथा पछिल्लो पटक सन् २०१६–१७ मा जितेको थियो ।



चेल्सीलाई हराउँदै आर्सनल १४ औं एफए कप उपाधि हात पर्ने दाउमा हुनेछ ।



चेल्सी पनि आप्mनो ९ औं एफए कप उपाधिको खेजीमा हुनेछ । चेल्सी हालसम्म ८ पटक विजेता बन्दा ५ पटक उप विजेता बनेको छ । चेल्सीले पहिलोपटक  १९६९–७० तथा पछिल्लो पटक २०१७–१८ मा एपए कपको उपाधि हात पारेको थियो । 

  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार ८:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया