‘हामीलाई सोधिन्छ, आलोचनामात्र गरेर हुन्छ ?’ : रवीन्द्र मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरु सरकारमा गएको भए पनि अहिलेको सरकारले जस्तो जनताका संवैधानिक अधिकारमाथि धावा नबोल्ने बताएका छन् । सधैँ आलोचना मात्र गर्ने तर केही नगर्ने ? भन्ने आफूहरुमाथि प्रश्न उठ्ने गरेको बताउँदै संयोजक मिश्रले त्यसको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

‘हामीलाई सोधिन्छ, आलोचनामात्र गरेर हुन्छ, तपाईँहरू सरकारमा भए के गर्नुहुन्थ्यो ? अहिलेको परिप्रेक्षमा भन्नुपर्दा, जनताको संवैधानिक अधिकारमाथि धावा बोल्दैनथियौँ’, उनले आज बिहान ट्विट गर्दै भनेका छन्, ‘सरकारी संयन्त्र र विषयगत विज्ञहरूको सहयोगमा जनतालाई राहत दिन दिनरात मरेर काम गथ्यौँ। भ्रष्ट र स्वार्थलिप्त हुँदैनथियौँ ।’


 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार ८:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया