सुशान्तकी बहिनी श्वेताले गरिन् भारतीय प्रधानमन्त्री मोदीलाई यस्तो अनुरोध


बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी बहिनी श्वेता सिंह कीर्तिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै उनका दाजुको आत्महत्या प्रकरणको तत्काल छानविन गर्न अनुरोध गरेकी छिन् ।

‘सुशान्त सिंह राजपुतकी बहिनी भएको नाताले मेरो दाजुको आत्महत्या प्रकरणको तत्काल छानबिन गर्न अनुरोध गर्दछु’, उनले लेखेकी छिन्, ‘हामी भारतीय न्याय प्रणालीमा विश्वास गछौं । त्यसैले, कुनै पनि मूल्यमा न्यायको आशा गर्दछौं ।’

बहिनी श्वेताले प्रधानमन्त्री मोदी सत्यको पक्षमा उभिएको आफूले हेर्न चाहेको बताएको एबिपी टिभीको अनलाइन एबिपी लाइभले जनाएको छ ।

‘तपाईँ सत्यको पक्षमा उभिनुहुनेछ भन्ने मेरो मनले चाहेको छ । हामी ज्यादै साधारण परिवारका मानिस हौं । जब मेरा दाजुले बलिउडमा प्रवेश गरेका थिए, उनीसँग कोही पनि गडफादर थिएनन् । न उनका कोही साथी–भाइ नै थिए’, श्वेताले लेखेकी छिन्, ‘न हाम्रो परिवारको अहिलेको जतिको हैसियत थियो । मेरो तपाईँलाई यही अनुरोध छ कि, तपाईँले यो मुद्दाप्रति तत्कालै छानबिन सुरु गराउनुहोस् । मलाईँ तपाईँले न्याय दिलाउने आशा छ ।’


 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १०:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया