भारतीय क्रिकेटर हार्दिक पाण्डेय बाबु बनेका छन् । उनकी गर्लफ्रेन्ड तथा सर्बियाकी अभिनेत्री नताशा स्टेनकोविचले छोरा जन्माएकी हुन् ।
बाबु बनेपछि हार्दिकले एक तस्वीर ट्विटरमा राखेका छन् जसलाई अहिले भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले निकै रुचाएका छन् ।
हार्दिकले यही वर्ष १ जनवरीमा मात्र नताशासँग इन्गेजमेन्ट गरेका थिए । यसको जानकारी पनि उनले सामाजिक सन्जालमा दिएका थिए । त्यसपछि ३१ मे २०२० मा नताशा र हार्दिकले आफूहरु बाबु बन्ने जानकारी दिएका थिए ।
हार्दिक र नताशाको अफेयर चलेको समाचार यसअघि गत वर्ष अगस्टमा नै बाहिर आएको थियो । दुवै जनाले यसलाई स्वीकार पनि गरेका थिए । डान्स रियालिटी सो नच बलिय ९ मा सहभागी नताशाका लागि भोट मागेपछि हार्दिक र नताशाको यो अफेयरबारे बाहिर आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।