प्रशिक्षणको तयारीमा जुट्दै क्यान

कोरोनाभाइरस (कोभिड १९) का कारण नेपालमा लामो समायदेखि खासै खेलकुदका गतिविधि हुन सकेका छैनन् । पछिल्लो समय लकडाउन हटेपछि सामान्य जीवनमा नेपाल फर्किँदै गर्दा खेलकुदका पनि केही गतिविधि सुरु हुनसक्ने सम्भावना बढेको छ । 

१ भदौबाट विभिन्न खेलको प्रशिक्षण गर्न पाउने सरकारले अनुमति दिएपछि अब नेपालका खेलकुद संघहरु पनि तयारीमा जुट्न थालेका छन् । यहीमध्ये नेपाल क्रिकेट संघ (क्यान) पनि कसरी प्रशिक्षण गर्न सकिन्छ भन्ने गृहकार्यमा जुटेको छ । 

क्यानले काठमाडौं बाहिर रहेका खेलाडीहरुलाई कसरी काठमाडौं ल्याउनेबारे छलफल सुरु गरेको हो । 

‘बाहिर रहनु भएका खेलाडीहरुलाई कसरी काठमाडौं ल्याउने, खेलाडीहरुको पिसिआर परीक्षण र उहाँहरुलाई कहाँ राख्नेलगायतका विषयमा छलफल सुरु भएको छ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले फरकधारसँगको कुराकानीमा बताए ।

सरकारले प्रशिक्षणको अनुमति दिएसँगै टेकु अस्पतालमा खेलाडीहरुको पिसिआर परीक्षण गरिने तयारी क्यानले गरेको हो ।

‘हामी खेलाडीहरुको पिसिआर परीक्षण गर्न सरकारको अनुमति कुरिरहेका छौँ,’ प्याकुरेलले भनेका छन्, ‘त्यही आधारमा खेलाडीहरुलाई क्वारेन्टिनमा राख्न परे पनि हामी तयार गर्नेछौँ । अनि प्रशिक्षणको टुङ्गो लाग्नेछ ।’



क्यानले सकेसम्म साउनको अन्तिमसम्ममा सबै काम सकाउने र भदौको पहिलो साताबाट प्रशिक्षण सुरु गर्ने तयारी सुरु गरेको छ । लकडाउन खुकुलो भएसँगै केही खेलाडीहरुले चाहिँ व्यक्तिगत प्रशिक्षण सुरु गरेका छन् ।



  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १२:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया