आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

आज अगस्ट १ तारिख । नेपाली राष्ट्रिय क्रिकेट टिम र उसका समर्थकका लागि यो दिन निकै ऐतिहासिक छ । किनकि, नेपालले यही मितिमा आप्mनो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

आजभन्दा ठिक दुई वर्षअघि अर्थात् १ अगस्ट २०१८ मा नेपालले नेदरल्याण्ड्सविरुद्ध खेल्दै एकदिवसीयअन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो ।

 

नेपालको पहिलो एकदिवसीय खेल भने सुःखद हुन सकेन । नेपालमा पराजित हुन पुग्यो । नेदरल्याण्ड्समा नै भएको उक्त खेलमा नेपाल ५५ रनले पराजित हुन पुगेको थियो । पराजित भएता पनि नेपाली क्रिकेटका लागि त्यो एतिहासिक क्षण थियो । नेपालले त्यसको केही दिन पछिनै नेदरल्याण्ड्समाथि १ रनको रोमाञ्चक जित दर्ता गर्दै त्यो सिरिज १–१ को बराबरीमा सकाएको थियो ।

यसबीचमा नेपालले २ सिरिज सहित कुल १० एकदिवसीय खेल खेल्दा समान ५–५ खेलमा जित तथा हार बेहोरेको छ ।

नेपालले पहिलो एकदिवसीय सिरिज संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध जितेको थियो ।  सन् २०१९ को जनावरी २५ देखि २८ तारिखसम्म भएको सिरिजमा नेपालले २–१ को जित निकालेको थियो ।



यस्तो छ नेपालकोे एकदिवसीयसम्मको यात्रा



सन् २०१८ मा जिम्बावेमा एकदिवसीय विश्वकप छनोट खेलेको नेपालले समुह चरणमा ४ खेलमा १ मात्र जित निकाल्दै चौथो स्थानमा चित्त बुझायो  ।

पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसग ४ तथा तेस्रो खेलमा अफगानिस्तासँग ६ विकेटले पराजित भएको नेपालले समुह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको थियो ।

समुह चरणमा ३ खेल गुमाउँदै विश्वकपमा छनोट हुन नसकेको नेपाल सातौ तथा आठौं स्थानका लागि भएको प्लेअफमा पनि नेदरल्याण्ड्ससँग ४५ रनले पराजय ब्यहोरेको थियो ।

पराजित हुनका बावजुद नेपालले नवौं र १० औं स्थानका लागि भएको खेलमा हङकङलाई ५८ रनले हराएकोे पपुवा न्युगिनीसँग एकदिवसीय मान्यताका लागि खेल्ने अवसर पायो  ।  
सन् २०१८ मार्च १५ मा भएको खेलमा नेपालले ६ विकेटको जित हात पार्दै ऐतिहासिक एकदिवसीय मान्यता प्राप्त ग¥यो ।

विश्व कपमा छनोट हुन नसकेता पनि नेपाली क्रिकेट टोली तथा समर्थकले निरास हुनु परेन । किनकि, एकदिवसीय मान्यता नेपाली क्रिकेटका ठूलो उपलब्धि हो । 

  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १३:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया