सामान्य बन्दै महाबौद्ध

केही अघि एक व्यवसायीका परिवारसहित कर्मचारीलाई कोरोना संक्रमण देखिएसँगै  बन्द रहेको महाबौद्ध शुक्रबारदेखि सामान्य बनेको छ । महाबौद्ध दैनिक रूपमा प्रयोग हुने सामानमा फेन्सीदेखि घरायसी सामानको थोक बजार हो ।

 

यहाँको होलसेल बजारमा अन्यत्रका व्यवसायीको  भीड देखिन थालेको छ भने व्यवसायीले पनि पूर्ववत् नै पसलहरू खोलेका छन् । किनमेलका लागि पुगेका सर्वसाधारणलाई हेर्दा यहाँ कोरोनाको त्रास नै नभए जस्तो देखिएको छ । 


पसलेलाई संक्रमण पुष्टि हुँदाको दिन केही त्रास थियो । अब त्रासका बीच पनि पसल खोल्ने र किनमेलमा जानेको भीड देखिन थालेको छ । एक होलसेल पसलका व्यापारीको परिवारका तीन जनासहित कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएपछि उक्त पसल दुइ दिन सील गरी वरपरका व्यवसायी  र कर्मचारीको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको थियो । 

 

डिसइन्फेन्सन गरेर व्यापार संचालन गरिएको दाबी गरिए पनि भीडले सतर्कताको कुनै उपायलाई वास्ता गरेको देखिँदैन । रिपोर्ट नै नआई व्यवसायीले पसल खालेका हुन्। संक्रमित फेला परेपछि पसल सिल गरेको दुइ दिनमै बजार पहिले जस्तै सामान्य बनेको हो । यो बजारबाट काठमाडौं उपत्यकासँगै देशका बिभिन्न भागमा खुद्रा व्यवसाय गर्नेहरूले सामान लैजान्छन् ।  




लकडाउन खुकुलो भए यता महाबौद्धका व्यवसायी सामाजिक दुरीको नियम पालन गरेरै व्यवसाय गरिरहेको दाबी गर्छन् । पसलहरूमा डोरीका घेरा पनि बनाइएका छन् । तर साँघुरा गल्ली भएकाले यहाँ भीडले ती डोरीको वास्ता गरेको भने देखिँदैन । 



  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १३:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया