सभामुखको अगुवा गाडीका चालक प्रहरीमा कोरोनाभाइरस संक्रमण

सभामुख अग्निप्रसाद सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

प्रहरी प्रधान कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आउन भने बाँकी छ । 
 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १३:५१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया