साओमी ‘रेडमी नोट–नाइन’ का थप दुइ मोडल नेपालमा

साओमीले नेपाली बजारमा  ‘रेडमी नोट–नाइन’ का थप दुइ मोडल सार्वजनिक गरेको छ । कम्पनीले बजेट सेग्मेन्टअन्तर्गत रेडमी–९ र रेडमी–९ ‘ए’ सार्वजनिक गरेको हो । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सहुलियत दरमा धेरै सुविधा भएका स्मार्टफोन खोजी गर्ने प्रयोगकर्तालाई खुसी पार्ने कम्पनीको दाबी छ । 

दुवै नयाँ मोडलको स्क्रिनका डिस्प्ले साइज समान छन् भने क्यामेरा गुणस्तरीय छन् । रेडमी नोट–९ को क्यामेराले छिटो र वाइड एंगल फोटो खिच्न सकिन्छ । यसबाट ग्रुप सट र आकर्षक क्लोजअप फोटो खिच्न सकिने बताइएको छ । 

 

यसमा क्यालिडोस्कोप र पाम सटरजस्ता विशेषता समावेश भएकाले प्रिमियम क्यामेराका साथ फोटोग्राफी अनुभवमा रमाइलो र रचानात्मक तरिकाको मजा प्रयोगकर्ताले लिन सक्ने कम्पनीको दाबी छ । 

 

कोर्निङ गोरिल्ला ग्लास रहेको यसको ठूलो स्क्रीनले प्रयोगकर्तालाई सहज बनाउँछ । ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले रहेको रेडमी ९ ले एक क्रिस्टल क्लियर डिस्प्ले दिन्छ । अनुकूलित मिडियाटेक हेलियो जी–८० एसओसी छ । ५०२० एमएएच क्षमताको ब्याट्री रहेको रेडमी–९ ले १८ वाट फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्छ ।



३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टरका साथ आउने यो सेटमा दुइवटा सिम प्रयोग गर्न सकिन्छ । थप माइक्रो एसडी स्लट छ । रेडमी ९ कार्बन ग्रे, ओसन ग्रीन र सनसेट पर्पल गरेर तीन रंगमा बजारमा ल्याइएको छ । 

 



यो मोडल इन्टरनल मेमोरी र स्टोरेज क्षमताका आधारमा दुई प्रकारका छन् । ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमताको भेरियन्टको मूल्य १६ हजार ९ सय ९९ छ भने ४ जीबी र ६४ जीबी भेरियन्टको मूल्य १७ हजार ९ सय ९९ छ ।

 

रेडमी ९ ‘ए’ स्मार्टफोनलाई साओमीले विशेषतायुक्त बनाएको छ । यसमा ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री छ । 

 

त्यस्ता प्रयोगकर्तालाई सन्तुष्ट पार्छ जो आफ्नो फोनमा धेरै कुरा गर्न र मज्जा लिन चाहन्छन् । रेडमी ९ ‘ए’ मा मिडियाटेक हेलियो जी–२५, अक्टाकोर गेमिङ चिपसेट जस्ता विशेषताले सहज सञ्चालन अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा एआई अप्टिमाइज्ड १३ एमपी रियर क्यामेरा छ । 

 

‘साओमीमा हामीले उल्लेखनीय स्मार्टफोन अनुभव सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘लामो समय टिक्ने ब्याट्री, चलाउन सजिलो सेटसँगै यसका डिस्प्ले प्रयोगकर्ताले रुचाउने प्रकारले बनाइएको छ ।’ 

 

रेडमी–९ ‘ए’ २ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमताको छ । ग्रेनाइट ग्रे, पिकक ग्रीन र स्काई ब्लु गरी तीन रंगमा उपलब्ध यो भेरियन्टको मूल्य ११ हजार ४ सय ९९ रूपैयाँ छ । 

  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १४:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया